CLI
Global College

नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको १३१,२०४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी प्रबध्ध भएकाले बिक्राम रहेको विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक भएमा प्र ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ यस बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन दिनु पर्नेछ ।

बैङ्कले तोकेको समयभित्र  विद्यमान संस्थापक शेयरधनीले सो शेयर खरिद गर्न आबेदन नदिएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरु खरिद बिक्रि गर्न आवश्यक कारवाहि अघि बढाइने बैङ्कले उल्लेख गरेको छ ।

 

Leave Your Comment

Related News