‘होण्डा डिओ १२५’ बन्यो ५३ सय मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याबला पास (उपल्लो डोल्पा) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिब कम्पनी प्रा.लिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो । शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको […]

आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको नाफा १२ लाख ७५ हजार, प्रतिसेयर आम्दानी २४ पैसा

काठमाडौं । आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको असारसम्म १२ लाख ७५ हजा रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७९.५९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । यो माइक्रो इन्सुरेन्सको बिमा शुल्क संकलन ४७ लाख ३० हजारबाट बढेर ५ […]

माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव […]

महुली लघुवित्तको नाफामा भारी वृद्धि, प्रतिसेयर आम्दानी करिब ३१ रुपैयाँ

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो […]

रिभर फल्स पावरले हकप्रद सेयरका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसआधारमा साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।  हाल यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ […]

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]

कालीगण्डकी सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास […]

नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णया गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ […]

रुससँगको सम्बन्धकै कारण भारतमाथि ट्रम्पको कारबाही: २५ प्रतिशत भन्सार र अतिरिक्त दण्ड घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क र थप दण्डात्मक शुल्क घोषणा गरेका छन् । अगस्ट १ (साउन १६) देखि लागू हुने यो निर्णयले भारतबाट अमेरिका निर्यात हुने सम्पूर्ण वस्तुहरुमा उच्च शुल्क लगाइने भएको छ । ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भारतले रुसबाट निरन्तर हतियार र ऊर्जा किनिरहेका कारण यस्तो निर्णय […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरः आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

काठमाडौं । शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । अर्थात, आजसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको हकपद्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ साउन १६ गते बुकक्लोज गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस […]