शिबम् सिमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले शिबम् सिमेन्टको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ८.५५ प्रतिशत लांभास बितरण गरे पश्चात शेयर मूल्य समायोज गरेको हो । समायोजन अगाडीको कम्पनीको प्रतिशेयर मूल्य ५५६ रहेकोमा समायोजन पश्चात प्रतिशेयर ५१२.२१ प्रतिश शयर मूल्य रहेको छ । आजको कारोबारमा समाटयोजन पश्चातको मूल्यबाट सुरु हुनेछ  

यी कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज नेपाल टेलिकम, गरिमा विकास बैंक  र बुटवल पावर कम्पनीको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ भोली  पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका यी ३  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । कम्पनीको बुक क्लोजको अघिल्लो दिन सम्म कायम मात्र यी ३ कम्पनीको साधारणसभामा भाग […]

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ […]

बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकारमा ६ अर्बले वृद्धि, ४ खर्ब ३८ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार ६ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ४ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब २४ करोड रुपैयाँले बढी हो । […]

पेट्रोल र डिजेलको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले भोलि १७ पुस  २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेलको मूल्य बढाएको  हो । निगमले पेट्रोलमा प्रतिलिटर १  रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २ रूपैयाँले मूल्य बढाएको हो । निगमले हवाइ ईन्धन तर्फ प्रति लिटर २ रुपैँया र अन्तराष्ट्रिय हवाइ इन्धन […]

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, बिरामीका नमूना परीक्षण शुरु

काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भनेका थिए । सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो […]

विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने

काठमाडौं । सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको काम गरिरहेको बताए । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले […]

राष्ट्र बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने जनाएकाे छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ […]

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक […]