पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछः प्रधानमन्त्री

अर्घाखाँची ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताएका छन् । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताएका हुन् । विश्वको प्राचीन संस्कृत भाषा […]

प्राधिकरणले दक्ष नेतृत्व पायो, अब लोडसेडिङ हुँदैनः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् । उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि […]

बीमाको आधारमा ई–कर्जाः खल्तीबाट माग गरी खल्ती मै रकम प्राप्त गर्न सकिने

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्स सँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खाता मै। बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो ई–कर्जाको लागि योग्य हुने […]

प्रदेश सरकारद्वारा आगलागी पीडितलाई ५० लाख सहयोग गर्ने निर्णय

अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई तत्काल आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बुधबार बिहान बसेको बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार […]

चैतेदसैँमा मात्रै ४२ लाख भेटी सङ्कलन

बलेवा (बागलुङ) । बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ। गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन्। कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार […]

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

तनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ। आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो। वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए। ती वडाहरुमा यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन […]

२६०० माथि नेप्से, ९ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.४४ अंकले बढेर ४४६.२२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.६२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५० अंकले […]

सिलिण्डर पड्किएर सल्किएको आगोले अछाममा जले २७ घर

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख […]

वातावरणमैत्री सवारीसाधन र जनमूखी सडकको आवश्यकताताः मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निराशाको खेती गर्नेहरुलाई जवाफ दिने बेला आएको बताएका छन् । नाडा अटो मोवाईल्स डीलर एशोसिएसन नाडाले मंगलबार ललितपुरमा गरेको नाडा अटो डाइलगको समापन समारोहमा उनले पूर्वाधार विकास, रोजगारी अभिवृद्धी, स्वरोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेख्य प्रगती भए पनि केहि भएन र हुँदैन भनेर निराशा छर्ने प्रयास हुने […]

वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल

काठमाडौं । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभवको विश्लेषणबाट उपयुक्त निष्कर्ष निकाल्ने विश्वास उनले व्यक्त गरे । अर्थमन्त्री पौडेलले कर प्रणालीको आधुनिकीकरण, कर नीतिहरूमा […]