जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका छन् । आइतबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा बोल्दै उनले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन् । यो सँगै उनले स्टार्टअपको सम्बन्धमा छुट्टै व्याख्या गरेका छन् । नयाँ प्रविधि […]

बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्छ

हामी आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलमा  छौं । जटिल अन्तराष्टिय परिवेश, मुलुककोआवश्यकता र सर्वसाधारणको निराशालाई कम गर्न यसपटकको बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्ने देखिन्छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी बर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा हामीले गरेका छौ । […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा ३३ करोड ७६ लाख ५७ हजार खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १०.७६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले ३० करोड ४८ लाख ३१ हजार नाफा कमाएको थियो । […]

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

भरतपुर (चितवन) । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आइतबार बिहान पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अहिले एकतर्फी खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा मानवीय क्षति नभएको र अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरिएको छ ।

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रुपैयाँ रहने […]

एनएलजी इन्स्योरेनसले लाभांश वितरण गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लभांश प्रस्ताव सार्वजनिक गरेको छ । वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब […]

हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको लागि बैंकको कर्जा घटाउनु पर्ने भएको र सो प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यको बढेको छ । सुन प्रति तोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रति तोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । […]

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको […]