भक्तपुरमा बाबु-छोराको हत्या
काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला परेको छ। खोटाङ घर भएका बुबा-छोराको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्। […]

