श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको खुद नाफा करिब सात करोड

काठमाडौं । श्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को ९ महिना अर्थात चैतसम्ममा ६ करोड ८० लाख खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनी ८ करोड २८ लाख घाटामा थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री गरेर आम्दानी बढेको छ भने […]

अन्तर्राष्ट्रिय व्यापार मेलाको १०औं संस्करण शुरु, उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योगमन्त्रीको सुझाव

काठमाडौं । नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रबद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ। मेलाको उद्घाटन गर्दै उद्योग […]

शिक्षा र उद्योगलाई जोड्न परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयका तर्फबाट रजिस्टार सूर्यराज आचार्य र परिसंघका तर्फबाट महानिर्देशक घनश्याम ओझाले हस्ताक्षर गरे । उक्त अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको […]

‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्धघाटन प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्धघाटन  गर्ने भएका छन्। “एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ आगामी बुधवार (मे १४) काठमाडौँमा आयोजना हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने पक्का भएको हो। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार […]

बोटलर्स नेपाल बालाजु र तराई दुवैको नाफामा उच्च गिरावट

काठमाडौं । कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार दुवै कम्पनीको नाफामा गिरावट आएको देखिन्छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) को नाफा ७३.३२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको ९ महिनामा अर्थात चैत मसान्तसम्ममा १ करोड ५९ […]

काठमाडौं-रारा पर्यटक बस चलाउन अध्ययन

काठमाडौं । काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ […]

जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रिया छानबिन गर :सांसद मोदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो ? भन्दै उनले […]

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर भएको आन्दोलनमा सरकारले चासो दिनुपर्यो :सांसद आचार्य

काठमाडौं । प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै व्यसायीहरुले आन्दोलन गरेको विषय सरकारले सुन्नु पर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विमानस्थललाई नियमित सञ्चालन गराउन सेमत सरकारको ध्यानाकर्षण गराएका हुन्। विमानस्थल सञ्चालनका लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउँदै उनले सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका छन्। सांसद आचार्यले म्यानपावर […]

कैदीलाई छुटाइदिन दुई लाख घुस माग्ने अदालतका कम्प्यूटर अपरेटर पक्राउ

काठमाडौं । नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीको थुनामा रहेका एकजना कैदीलाई छुटाउन सहयोग गरिदिने भन्दै घुस मागेको उजूरी परेको थियो। सोही उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियारको […]

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

बागलुङ । काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ। गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो। परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पुर्‍याइएको अध्यक्ष राजु […]