बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाका किसानले यस वर्ष छ हजार केजीभन्दा बढी आलु […]

एक दर्जन बढी जीवन बीमा कम्पनीले  घोषणा गरे बोनसदर

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को लागि हालसम्म १३ बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म सन नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ, हिमालयन लाइफ,नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ , एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् […]

सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाईफ ज्याकेट वितरण

काठमाडौं । बाढी पहिरो जस्ता विपतहरु सुचना दिएर आउँदैन्, विपद् न्यूनिकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । यस्ता घटनाहरुको न्युनीकरण गर्न पुर्व तयारी आवश्यक हुने भन्दै सीताराम डेरी र किर्तीपुर नगरपालिका वडा न ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रवार लाइफ ज्याकेट वितरण गरिएको छ । जिवन रक्षा नै मानवीय धर्म मानिने […]

प्रतिनिधि सभा बैठकमा साइबर सुरक्षा र औद्योगिक सम्पत्ति विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज (आइतबार) दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । यस बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मुख्य कार्यसूची:- -साइबर सुरक्षा विधेयक प्रस्तुत हुने: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि उनले […]

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले […]

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन्, “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली […]

प्याज भण्डारणमा स्थानीय प्रविधि प्रयोग

चितवन । उत्पादित प्याजले बजार नपाएपछि किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेको बताए । उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन् । उनले भने, “मैले सामाजिक सञ्जालमा खोज्दा […]

४ दिनका लागि बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशतका दरले हुन आउने २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार ८ […]

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

फिक्कल । माङसेबुङ गाउँपालिका-२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गरेका छन् ।   पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आउनुभएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् […]