नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ भने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ […]

करिब १४ अर्बले घट्यो होलसेल तथा खुद्रा व्यापारमा कर्जा प्रवाह

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा त्यसको असर होलसेल तथा खुद्रा व्यापारमा समेत परेको छ । चाडपर्व र त्यस पछिको समयमा समेत होलसेल तथा खुद्रा व्यापार चलयमान हुन नसक्दा कर्जा प्रवाह समेत घट्ने गएको बैंक तथा वित्तीय संस्थाको अधिकारीहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले होलसेल तथा […]

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले शनिबार दिउँसो ३ बजे सो जानकारी दिएका हुन् । राष्ट्रपति पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

परराष्ट्रमन्त्री राणा हेग प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेदरल्याण्ड प्रस्थान गरेकी छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै परराष्ट्रमन्त्री राणा नेदरल्याण्डको हेग प्रस्थान गरेकी हुन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । नेदरल्याण्डको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायालयमा गत सोमबार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ । […]

दोस्रो पञ्चवर्षीय योजनामा छलफल सुरु

काँक्रेविहार। कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना (२०८१–८२ देखि २०८५–८६) को अन्तिम मस्यौदामाथि छलफल सुरु गरेको छ । सुशासन, सामाजिक न्याय र आमसमृद्धिको योजनाको लक्ष्य समेटिएको योजनाको छलफल सुरु गरिएको हो । उत्पादनशील र रोजगारमूलक अर्थतन्त्र निर्माण गरी सुशासन र सामाजिक न्यायमार्फत समाजवादउन्मुख समुन्नत कर्णाली निर्माण गर्ने मस्यौदामा उल्लेख छ । योजनामा पाँच वर्षमा […]

साताको शेयर : ६ अर्बले कारोबार रकम बढ्दा, १९ अर्बले बजार पुँजीकरण रकम घट्यो

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसुचक घट्दा कारोबार रकम बढेको छ । गत सातामा भने नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १ करोड ४३ लाख रुपैयाँले बढेको हो । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ४५ अर्ब ३९ […]

करिब ५० अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौं । पूँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ ओटा कम्पनीले आफ्नो पूँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कुल रू. ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार […]

बैंकमा भन्दा बढी ब्याजदर हुँदा पनि बचतपत्रमा किन बढ्न सकेन आकर्षण ?

काठमाडौं । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरु छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दति निक्षेपजस्ता क्षेत्रमा नागरिकहरुले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दति निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । यसको […]

युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा उक्त हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री प्रबन्धसम्बन्धी उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको […]