दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ
बागलुङ । दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना बस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरू दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरी रहेका छन् […]

