एनपीएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई […]

सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परिक्षण अनिवार्य

काठमाडौं । सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा रहेका उपकरणको यकिन विवरण उपलब्ध नभएकाले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपकरण व्यवस्थापनमा चासो देखाउँदै बिग्रिएका उपकरणको जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा […]

यातायात मन्त्रालयका अधिकृत पाडेलविरुद्ध छ करोड २६ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार रुपैयाँको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको […]

मनसुनजन्य विपद्बबाट :मुलुकभर १२ लाख ५० हजार र तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

तनहुँ । मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो। यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा […]

आज पनि बढ्यो शेयर बजार, दोहोरो अंकले नेप्से बढ्दा सवा २ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढे सँगै बुधबार सहित दुई दिन शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ४७२.०२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.२७ र […]

नेप्से पुन: संरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः सरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नेप्सेले गरेको अध्ययन प्रस्ताव अर्थ मन्त्रालय पुगेको सूचना अधिकारी मुराहरी पराजुलीले बताए । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सूचना अधिकारी पराजुलीले उक्त जानकारी दिएका हुन् । उनले नेप्सेले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा […]

चेम्बरद्धारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी […]

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध […]

स्थानीय तहले सहयोग नगर्दा कर्जा असुलीमा समस्याः बैंक तथा वित्तीय संस्थाका छाता संगठन

काठमाडौं । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नीति, प्रक्रिया र कानुनी प्रावधानहरूको पूर्ण पालना गर्दै ऋण प्रवाह र कर्जा असुली कार्य गर्दै आएका छन्। तर पछिल्लो समय कर्जा असुली प्रक्रियामा स्थानीय तहको असहयोगका कारण बैंक तथा वित्तीय संस्थाहरू अप्ठ्यारोमा परेको बैंक तथा वित्तीय संस्थाका छाता संगठनले बताएका छन्। विशेषतः […]

शुक्रबारका लागि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन) ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कानुनी औपचारिकता पूरा भए २ बजेको […]