मलेसियाको १० बुँदे मापदण्डको विरोधमा व्यवसायी, खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । वैदेशिक रोजगारी व्यवसायीहरुले १० बुँदे मापदण्डको नाममा मलेसिया रोजगारीमा सिण्डीकेट लगाउन खोजिएको भन्दै विरोध गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्वविहीन भएको र सरकारले मलेसियास्थित राजदूतलाई पनि फिर्ता बोलाएको मौका छोपी माफियाहरू सिण्डीकेट लगाउन सक्रिय भएको व्यवसायीहरूको आरोप छ । आज काठमाडौंमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आयोजना गरेको […]

दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली । कैलालीमा दुई जना भारतीय नागरिक रु. २८ लाखसहित पक्राउ परेका छन् । आज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट रु २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन […]

तीन महिनामा दुई लाख युवाले छाडे देश

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा रोजगारीका लागि देश छोड्ने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा रोजगारीका लागि विदेश जाने युवाको संख्या २८.१४ प्रतिशतले बढेको हो। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई लाख सात सय ११ नेपालीले रोजगारी अनुमति प्राप्त […]

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका […]

प्रधानमन्त्री र दुवै संसदका प्रमुखबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको हो । भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि रहेका […]

बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा बत्ति जडान कार्य सुरु

काठमाडौं । बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि वत्ति जडान गर्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा वत्ति जडानका लागि पोल झारेको छ । अब पोल गाडेर वत्ति जडान गरिनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड […]

माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख […]

‘जेटीसीसी’को नवौँ बैठक सम्पन्न, द्विपक्षीय सरोकारका विभिन्न एजेण्डामा छलफल

काठमाडौं ।  नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र जोइन्ट टेक्निकल कोअर्डिनेसन कमिटी ‘जेटीसीसी’ को नवौँ बैठक सम्पन्न भएको छ । उक्त बैठकको उद्घाटन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रुपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए । […]

सन नेपाल लाइफ इन्स्योरेन्स बीबीबी प्लस रेटिङमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ। ‘BBB+’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा […]

विगतका नजिरको आधारमा संसद् पुनःस्थापना हुन्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद पुनःस्थापना हुने बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उनले यसो बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले भने,‘ सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले चिनेको छैन । ’ उनले बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न […]