अमेरिकी कर वृद्धिका कारण श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घट्ने : आइएमएफ

काठमाडौं । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १.५ प्रतिशतसम्म गिरावट आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिवेदनले देखाएको छ । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काविद्ध लगाएको ४४ प्रतिशत कर जुलाई ९ सम्मका लागि स्थगित भएको छ भने हाल […]

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक

काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो । कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित […]

मन्जुश्री फाईनान्सद्वारा वीरगन्जको केडिया आँखा अस्पतालाई एसी सहयोग

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक दायित्व कार्यक्रम अन्तर्गत वीरगन्ज शाखा मार्फत आरएम केडिया आँखा अस्पताल, वीरगन्जलाई दुइ थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ। बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा […]

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा […]

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याई शेयरको बाँडफाँड सम्पन्न गरेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भएको उक्त आईपीओ बाँडफाँड कम्पनीले सार्वजनिक जानकारी गराएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण […]

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीको लागि आग्रह गरेका हुन् । […]

धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण शुरू

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा निर्माण भइरहेका फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटकोे एउटा फोहोरपानी प्रशोधन केन्द (KUKL/WW/TP-03) को निर्माण कार्य करिव सम्पन्न भई प्रारम्भिक परीक्षण शुरू भएको छ। गतवर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परीक्षण शुरू गर्ने तयारी भइरहेको समयमा सोही वर्षको असोजमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचना सहित […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेता घिमिरे सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले सफल भएकी छिन् । उक्त क्लबको लक्ष्य पुरा गर्ने पहिलो एजेन्सी म्यानेजर घिमिरे हुन्। सो अवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको छ । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा […]

प्राधिकरणसम्बन्धि विधेयक अघि बढाउन ढिलाइ गर्नुहुन्नः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अघि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा […]

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको […]