ओएन बायोटेकले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ। सम्झौतामा ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् । […]

