ललितपुर महानगरका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा महागनरले गरिदिने

काठमाडौं । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ । समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन।  सम्झौताअनुसार महानगरले नगर प्रहरी, […]

नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई चन्द्र ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन्। बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन्। […]

आर्थिक वर्षको अन्त्यतिर बढ्यो रकमान्तर , ३ महिनामा करिब साढे १४ अर्ब रकमान्तर

काठमाडौं । सरकारले आर्थिक सुशासन कायम राख्ने प्रतिवद्धता जनाए पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । हरेक आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षको अन्त्यतिर आए सँगै सरकारले नियमविपरित रकमान्तरलाई निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो ३ महिनामा मात्रै १४ अर्ब ३८ करोड ८९ लाख ५३ हजार रुपैयाँ रकमान्तर र थप बजेट निकासा भएको […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ८३ पैसा बिक्रि दर १ सय ३७ रुपैया ४३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया […]

सर्वोच्चले जोगायो अध्यादेशबाट नियुक्त ५२ पदाधिकारीको पद (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले अध्यादेशमार्फत नियुक्त ५२ संवैधानिक पदाधिकारीको पद जोगाएको छ । बुधबार मध्यराति प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले पहिलो चरणमा नियुक्त ३२ र दोस्रो चरणमा नियुक्त २० गरी सबैको पद जोगिनेगरी १५ वटा रिट खारेजीको फैसला गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह […]

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजता ग्राहकहरु

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरु छानेको छ । यसरी छानिएका साप्ताहिक विजेता ग्राहकहरुलाई कम्पनीले प्रक्रिया पुर्याई घोषणा गरे बमोजिम नगद पुरस्कार वितरण गर्दै आएको जनाएको छ । ‘सधैँ अन करोडपति’ एनसेलको हाल सञ्चालन रहेको एक ठूलो ग्राहक योजना हो । योजनामा हरेक हप्ता १० जनाले १/१ […]

 उपाध्यक्ष अधिकारी र  राजदूत रहमानबिच भेटवार्ताः व्यापारजन्य अवरोध एवं पर्यटकीय गन्तव्य सहज आवागमन सहजीकरण गर्ने विषयमा छलफल 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबिच भेटवार्ता भएको छ । बुधवार सिंहदरबार स्थित आयोगमा भएको भेटमा उनीहरूबिच द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो । भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको हुँदा त्यसतर्फ जोड दिन आग्रह […]

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं । ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । ती विधेयकमाथि […]

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसारः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिएका हुन् । उनले बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको र संसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए । अर्थमन्त्री […]

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट) मा रहेको र त्यसबाट बाहिर निस्कन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाउनु परेको प्रष्ट्याएका छन् । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८२ माथि उठेका प्रश्नहरूको उत्तर दिँदै अर्थमन्त्री पौडेलले सुनचाँदी तथा गरगहना खरिद–बिक्री पारदर्शी बनाउन आवश्यक भएकाले […]