निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज […]

४२.५८ अंकले घट्यो नेप्से, कारोबार भने १४ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घटेको छ । बजार २७२६.५१ अंकमा पुगेरा बन्द भएको छ । ३३३ वटा कम्पनीको सेयर कारोबार भएको छ ।  जसमध्ये ३४ वटाको भाउ बढेको छ भने २२४ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ४२ हजार ४७६ पटक कारोबार हुँदा […]

भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा, गैरकानुनी रुपमा करोडौं कमाएको आरोप

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको […]

सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ

जेनेभा। संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को […]

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बतायन् । अहिले पनि […]

निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी आयोगले विगत केही दिनयता एकअर्काप्रति लगाइएका आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता निम्त्याउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत […]

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै : मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले हरित ऊर्जाको प्रयोग बढाउन बलियो कानुनी तथा नीतिगत आधार तयार गर्नेतिर सरकार लागेको बताएका छन् । सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न यस्तो व्यवस्था आवश्यक भएको भनाइ उनको छ । आज यहाँ सम्पन्न हरित ऊर्जा र कार्बन अर्थतन्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनमा मन्त्री सिन्हाले […]

मितेरी डेभलपमेन्ट बैंकको  नाफा १२०.२५ प्रतिशतले बढ्यो

काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२०.२५ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ८ करोड ५८ लाखबाट बढेर […]

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन र सुझावसहितको १० बुँदे निर्देशन सरकारलाई बुझाएको छ । सोमबार बसेको समितिको बैठकपछि समितिकी सभापति कमला दर्नालले आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन् । प्रतिवेदनमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अवस्थालाई गम्भीर रूपमा चित्रण […]

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा MDRT 2026 हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको […]