स्थायी लेखा नम्बर लिने करदाताको संख्या करिब ६८ लाख पुग्यो

काठमाडौं । नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता संख्या ६७ लाख ९९ हजार ८ सय १५ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ५ लाख ७३ हजार ६ सय ८२ स्थायी लेखा नम्बर लिएका करदाता थपिए सँगै उक्त संख्या वृद्धि भएको […]

निजामती विधेयकमा धेरै जालझेल भयो छानबिन आवश्यक छ : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले संसदीय समितिको निर्णयमाथि झालझेल भएको भन्दै छानबिन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार उनले संघीय निजामती सेवा विधेयकमा जालझेल भएको र यसबारे छानबिन आवश्यक रहेको बताएका हुन्। उनले अब राष्ट्रिय सभाबाट यसलाई सुधार गर्नु पर्ने पनि बताए। ‘ यति धेरै समय लगाएर […]

चौथो दिन पनि बढ्यो शेयर बजार, ३४ अंकले नेप्से बढ्दा करिब पौने २ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । आइतबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.५२ अंकले बढेर ४६२.२७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.५६ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स २.०९ अंकले […]

सरकारले अगामी आर्थिक वर्षमा २ सयवटा झोलुङ्गे पुल निर्माण गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८२ ८३ मा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको जनाएको हो । त्यस्तै १ सय वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ […]

२० हजार मेट्रिक टन रसायनिक मल बिक्री वितरण

भद्रपुर (झापा) । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ । शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार […]

राष्ट्रिय सभा बैठक : शून्य समयमा सांसदको प्रश्न – ‘बाहेक’ भन्ने शब्द कसले, कहाँबाट, किन थप गर्‍यो? जवाफ चाहियो

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा उनीहरूले अनावश्यक शब्द थपिएको कार्य किर्ते भएको र संविधान विपरीतको काम भएको बताएका छन्। बैठकको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले निजामती […]

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ। तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए। नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट […]

‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’

काठमाडौं ।  राष्ट्रिय सभामाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला र जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई सरकारको प्राथमिकतामा राखेको बताएका छन् । बैठकमा ‘विनियोजन विधेयक-२०८२’ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्लालगायत आयोजनामा लगानी परिचालन र निर्माण अघि बढाउन सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत […]

निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको छ : हितराज पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको बताएका छन्। बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा उनले षड्यन्त्र भएको र सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने बताए। उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को/को संलग्न छन् ? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । यो यत्तिकै […]

सचिव सुरजकुमार दुराले निजामती विधेयकमा चलखेल गरेका हुन् : सांसद थानी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । उनले समितिबाट षडयन्त्र भएको सुन्दा दुःख लागेको भन्दै समिति सचिव जस्तो मान्छेले केही जानकारी छैन भनेर उम्किन नमिल्ने बताए । सांसद हृदयराम थानीले ‘ठूलाकै दबाबमा’ राज्य व्यवस्था तथा सुशासन समितिका सचिव […]