दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा चौधरी नियुक्त

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । असार १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

सिटिजन्स सदाबहार योजनामा छिटोमा आवेदन नपरे सँगै समय थप

काठमाडौं ।सिटिजन्स सदाबहार योजना अन्र्तगत प्रथम चरणको निष्काशन छिटोमा माग बमोजिमको आवेदन नपरे सँगै समय थप गरिएको छ । उक्त योजना असार १३ गतेदेखि असार १७ गते सम्म निष्काशन तथा बिक्री खुल्ला रहेकोमा माग बमोजिम रकम जम्मा हुन नसकेको भन्दै कम्पनीले ढिलोमा असार २७ बन्द हुने गरी योजना निष्काशन तथा बिक्री खुल्ल राखेको छ । […]

नेप्सेमा सूचीकृत कम्पनीलाई बजार पूँजीकरणका आधारमा वर्गीकरण गरिने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई बजार पूँजीकरणको आधारमा वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। नेप्सेले कम्पनीहरूलाई उच्च (लार्ज) , मध्यम (मिड) र न्यून (स्मल)  क्यापमा वर्गीकरण गर्ने तयारी थालेको हो। नेप्सेका अनुसार हाल तयार गरिएको ‘नेप्से अन्तर्गत सञ्चालन हुने सूचकांकहरूको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०८०’ अनुरूप यो प्रक्रिया अघि […]

कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल

काठमाडौं । कर्मचारीको ‘कुलिङ पिरियड’ २ वर्षे हुनगरी राज्य व्यवस्था समितिले पारित गरेको प्रतिवेदन प्रतिनिधिसभाबाट समेत पारित भइसकेको अवस्था किर्ते भएको खुलासा भएपछि सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । उनले आफ्नो कार्यकक्षमा दलका नेताहरूका साथै समितिका सभापति र सचिवसँग मंगलबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल सुरु हुन् । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी […]

वीरगञ्ज नाकाबाट ४ खर्ब ३४ अर्बको आयात, ८७ अर्बकाे निर्यात

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै भएको कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, यो नाका हुँदै […]

सन नेपाल लाइफको योजनाअनुरुप नयाँ बोनसदर घोषणा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको असार १५ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, […]

प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान

सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गरेका छन्। स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए। […]

गुडविल फाइनान्सको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। निवेदन काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक […]

काँक्रोखेतीबाट साढे दुई लाख कमाई

रामपुर । पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । काँक्रोबाट छोटो समयमा नसोचेको आम्दानी भएपछि उनीहरु उत्साहित बनेका छन् । काममा निरन्तरको मेहेनत र व्यवसायमा आउने उतारचढावमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाइले उदाहरण प्रस्तुत गरेका छन् । करिब दुई रोपनी […]

राइजिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने , परामर्श सेवाका लागि मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । राइजिङ हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। यस प्रक्रिया सहज र प्रभावकारी बनाउन कम्पनीले परामर्श सेवाका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा दुवै कम्पनीबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका […]