व्यवसायिक सुरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्छ:नाडा

काठमाडौं । हालै देशभरि भएका आन्दोलन र प्रदर्शनले राजनीतिक मात्र नभई आर्थिक क्षेत्रमा समेत गहिरो असर पारिरहेको अवस्थामा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। विज्ञप्तिमार्फत नाडाले हिंसात्मक घटनाबाट पीडित परिवारप्रति संवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभेच्छा प्रकट गरेको छ। नाडाको भनाइमा अटोमोबाइल उद्योग मुलुकको […]

यूनिभर्सल पावरले बोनस वितरणपछि हकप्रद सेयर जारी गर्ने

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेपछि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बोनस वितरण पछि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले असोज २३ गते बिहीबार दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ […]

सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूह सडकमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण गरेकै दिन राजीनामा माग गरिएको छ । उनलाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने मध्यकै एक समूहरुले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अघि नाराबाजी गर्दै राजीनामा माग गरेको हो । मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्येराती नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । जेनजी आन्दोलनको […]

बन्दीपुर केबलकारको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (आज) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड […]

पुनः निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एसोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनः निर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए । “विसं १९९० […]

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहा । यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा […]

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन खुल्यो

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख […]

मन्त्रीपरिषद् विस्तार : अर्थमन्त्रीमा खनाल, कुलमानलाई ऊर्जा, र गृहमा अर्याल, आज शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएको ३ दिन पछि मन्त्रीपरिषद् विस्तार गरेकी छिन् । उनले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी हुन् । नयाँ मन्त्रीहरुमा अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त भएका हुन् । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी […]

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । सोमबार बिहानै देखि काठमाडौं उपत्यकामा बर्षा भइरहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी […]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]