पुसका लागि पनि घट्यो बैंकहरुको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा र संस्थालाई प्रदान गर्दै आइरहेको ब्याजदर घटाएका हुन् । पुसका लागि ब्यक्तिगत मुद्दतिमा औसतमा ब्याजदर ०.२८ प्रतिशत विन्दुले घटेको छ ।  मंसिर उक्त दर ५.०४ प्रतिशत थियो । पुसमा ४.७५ प्रतिशत पुगेको छ । २० बैंकमध्ये ६ वटाले मात्र  ब्याजदर यथावत […]

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ थियो । चाँदी भने ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी ३ […]

युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ ।

दोर्दी खोला जलविद्युतले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले ५६.६२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पेश गर्न पुस २१ गते साधारण सभा बोलाएको छ ।

इमर्जिङ नेपालको नगद लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ ।

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओमा अवोदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन […]

काठमाडौं महानगरमा आज सार्वजनिक विदा

काठमाडौं । आज काठमाडौँ महानगरपालिका सहित महानगर मातहत कार्यलयहरुमा  सार्वजनिक बिदा दिएको छ।   महानगरले ३१ औँ स्थापना दिवसका अवसरमा महानगरपालिकासहित वडा कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै महानगर अन्तर्गतका सम्पूर्ण विभाग, सचिवालय, आयोजना, इकाइ, वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई औपचारिक पोशाकमा बिहान ८ बजे नै सैनिक मञ्च […]

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी दर्ता भोलि मतदान

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशन बन्द सत्रको दिस्रो दिन  आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ ।  आज नेतृत्व चयनको लागि निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ । निर्वाचन आयोगले बताएको कार्यतालिका अनुसार अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन, […]

कृति भेन्चरको ९ औँ साधारणसभा पुस २३ गते

काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारणसभा पुस २३ गतेका लागि बोलाएको हो । उक्त सभा टिम कर्पोरेट सेन्टर शक्ति विनाय गैरीगाउँ काठमाडौमा दिउसो १ बजे हुने छ । उक्त सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन सम्बन्धी […]

पाँच कम्पनीको साधारणसभा आज, के के छन् एजेण्डा ? 

काठमाडौं । आज एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ । आज विभिन्न क्षेत्रका पाँच कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गर्ने भएको हुन् । आज साधारणसभा गर्ने सबै पाँच कम्पनीहरुको मुख्य एजेण्डा लाभांश प्रस्ताव पारित गर्ने रहेको छ । आज साधारणसभा सम्पन्न गर्न लागेका कम्पनीहरुमा माउन्टेन इनर्जी, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, आईसीएफसी फाइनान्स र […]