विनोद चौधरीको कम्पनीले २४ करोड कीर्ते बीमा दाबी गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सतुङ्गलस्थित गोदाममा भएको आगलागी प्रकरणमा उद्योगी विनोद चौधरीको कम्पनी सिजी इलेक्ट्रोनिक्सले क्षतिभन्दा बढी बीमा दाबी लिएको ठहर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गर्दै सिजी इलेक्ट्रोनिक्सले २४ करोड रुपैयाँ कीर्ते दाबी गरेको निर्णयलाई सही ठहर गरेको हो। २०६९ असोज ८ मा सिजी इलेक्ट्रोनिक्सको […]

उच्च प्रतिफल दिने आयोजनामा लगानी गर्न एक खर्बको कोष बनाउँदै सरकार

काठमाडौं । आर्थिक लाभ दिने विकास आयोजनामा देखिएको बजेट अभाव पूर्ति गर्न सरकारले ‘वैकल्पिक विकास वित्त परिचालन ऐन’ ल्याउने तयारी गरेको छ। मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोतको प्रबन्ध गर्न ऋणपत्र, प्रत्याभूति पत्र, स्वपूँजी कोष तथा अन्य वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्न ऐन ल्याउन खोजिएको अर्थ मन्त्रालयले जानकारी […]

भीमसेनको लिङ्ग प्रदर्शनसँगै भक्तपुरमा होली सुरु

भादगाउँ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ। तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ। फागु पर्वको सुरुवात […]

एमजी एस५ ईभी सार्वजनिक सुरुवाती मूल्य ४४ लाख रुपैयाँ

काठमाडौं । एमजी एस५ ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिहीबार काठमाडौंमा एमजी एस५ ईभी लन्च गरेको हो । यो एमजी एस५ क्रसओभरको विद्युतीय भर्सन हो । नेपाली बजारमा एमजी एस५ ईभी ती भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ, ४९ लाख ९९ हजार रुपैयाँ […]

ह्वावेद्वारा एमडब्लुसी बार्सिलोना २०२५ मा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । जसले विश्वव्यापी ग्राहक र साझेदारहरूलाई नवीन औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण अभ्यासहरू एकसाथ अनावरण गरेको छ । सो अवसरमा ह्वावेले ग्राहकहरूसँग मिलेर, ७१ प्रमुख परिदृश्यहरूको लागि औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरणको लागि ८३ ग्लोबल […]

पाँच सयले घट्यो सुन

काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले घटेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको […]

माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आईपी‌ओ जारी गरेको थियो । उक्त आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे […]

किलोमा डेढ सयले सस्तियो कुरिलो, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी, फलफूल तथा माछाको मूल्य निर्धारण गरेको छ । यसदिन कुरिलो किलोमा डेढ सय रुपैयाँ सस्तिएको छ । बिहीबार प्रतिकिलो १००० रुपैयाँ मूल्य रहेको कुरिलोको मूल्य आज किलोमा ८५० रुपैयाँ कायम गरिएको छ । यस्तै परबरको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतिकिलो १४५ रुपैयाँमा […]

इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य बोर्डमा सूचीकृत हुन निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य बोर्डमा सूचीकृत हुन निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै बोर्डले नेपाल राजपत्रमा मिति २०८१/०९/१८ ( संख्या ४५) भाग ५ मा प्रकाशित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम नेपाल सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ न. को […]

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको ऋणपत्र बिक्रीमा ल्याएको हो । उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ भने ब्याजदर वार्षिक ७.५० प्रतिशत तोकिएको छ […]