ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रियाअघि बढ्यो

टेक्सास राज्यको ड्यालस सहर काठमाडौं । नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा […]

महानगर यातायात प्रालिको नाममा नक्कली बस सेवा सञ्चालन, नियमक निकायको मौनता

काठमाडौं । महानगर यातायात प्रा.लिले सञ्चालन गरेको सार्वजनिक बस सेवाको नक्कल गरिएको बताएको छ । कम्पनीले आफनो जस्तै बसको नाम र रंगहरु नक्कल गरी बस सेवा सञ्चालन गरी यात्रुहरुलाई दुख दिएको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कम्पनीको नाम, रंग र डिजाइन नक्कल गरी महानगर प्रा.लिको सेवा भन्दै यात्रुहरुलाई झुक्काउँदै आएको कम्पनीले बताएको […]

जीडीपीको आकार ८९ खर्ब पुग्ने, प्रतिव्यक्ति आम्दानी २ हजार डलर बढी हुने

काठमाडौं ।  मुलुकको अर्थतन्त्र बढ्दै जाँदा स्वाभाविकरूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी), राजस्व सङ्कलन, खर्च र सार्वजनिक ऋणको आकार बढ्छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८४/८५ सम्म मुलुकको जीडीपीको आकार (प्रचलित मूल्यमा) ८९ खर्ब ९ अर्ब पुग्ने प्रक्षेपण गरेको छ । आयोगले मध्यमकालीन खर्च संरचना (आव २०८२/८३ देखि २०८४/८५ ) तथा वार्षिक विकास कार्यक्रम (आव २०८२/८३) प्रतिवेदन […]

कोरियाबाट फर्केर कृषि व्यवसायमा 

भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका-८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको […]

गण्डकी प्रेदशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि बुधबारदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ […]

प्रभु महालक्ष्मीको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा अधिकतम ७५ प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले  व्यतित बीमालेख असार ४ देखि १५ गतेसम्म नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने जनाएको छ । यस्तो छुट समुन्नति जीवन बीमा योजना तथा डबल धमाका बीमा योजनामा भने पाइनेछैन । कम्पनीले २ वर्षभन्दा कम […]

प्रभु स्टिल्स एण्ड हाइड्रोको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयर धनीहरुका लागि मात्र बिक्रीमा राखिएको उक्त शेयरको मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ५ पैसा तोकिएको छ । यो सँगै शेयर संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने छन् । इच्छुक संस्थापक शेयरधनीले असार ३२ गतेभित्र आफूले खरिद […]

गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्को शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त भएको छ । गार्डियनको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकअनुसार यस कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका कार्यका लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो । यो सँगै शेयर रजिष्ट्रारअन्तर्गतका सबै काम हिमालयन इन्भेष्टमेन्ट बैंकरमार्फत […]

नेशनल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा बीलम्ब शुल्क छुट हुने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा २०८२ असार ३ गतेदेखि असार २० गतेसम्म तोकिएको प्रकृया पूरा गरि नविकरण गर्दा शुल्कमा छुट हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका […]

डिप्रोक्स लुघवित्तको २ लाख बढी कित्ताको ‘लक इन’ साउनमा सकिने

काठमाडौं । डिप्रोक्स लुघवित्त वित्तीय संस्था लिमिटेडको २ लाखभन्दा बढी कित्ता शेयरको ‘लक इन’ अवधि २०८२ साउनदेखि सकिने भएको छ । हाल लघुवित्तमा संस्थापकहरूको शेयर २ लाख २ हजार ३४२ र कर्मचारीको १ हजार ४८२ कित्ता गरी कुल २ लाख ३ हजार ८२४ कित्ता शेयर ‘लक इन’ आगामी साउन १० गतेदेखि सकिन लागेको हो । […]