भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ […]

डीभी भर्ने समय थपियो

काठमाडौं  । डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय थपिएको छ । नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको जानकारी दिएको छ । अब ७ नोभेम्बरसम्म आवेदन दिन सकिनेछ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

माउन्टेन हाइड्रो नेपाल पहिलो त्रैमासमा ३८ करोड नोक्सानीमा

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३८ करोड ६२ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. १ करोड ५९ लाख नाफा कमाएको थियो । कम्पनीद्धारा निर्माण गरिएको तल्लो हेवा खोला […]

रामेछापमा एक युवक ३ दिनदेखि बेपत्ता

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ विक […]

निर्यात नगद अनुदान निर्यातका लागि छैन लाभदायी

काठमाडौं । सरकारले मुलुकको निर्यात व्यापारलाई बढाउनको लागि निर्यात नगद अनुदानको अवधारणा अघि बढाए पनि निर्यात व्यापार भने बढ्नसकेको छैन । सरकारले हरेक वर्ष निर्यात नगद अनुदान दिँदै आए पनि उद्योग तथा व्यापारीहरुले निर्यात व्यापारमा बढोत्तरी गर्नसकेका छैनन् । यसैबीच निर्यातमा वृद्धि नभए पनि उद्योगीहरुले भने निरन्तर निर्यात अनुदान लिएको पाइन्छ । उद्योग विभागका अनुसार पछिल्लो पाँच वर्षमा […]

सामाजिक सुरक्षा कोषमा योगदान रकम ६७ अर्ब १५ करोड बढी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकममा वृद्धि भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकममा पनि वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिक दोस्रो सातासम्म कोषको खातामा योगदान भएकोे रकम ६७ अर्ब १५ करोड २८ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय ९ अर्ब ५९ करोड […]

६१ अर्ब ४२ करोड पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ६१ अर्ब ४२ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८ अर्ब ९७ करोड ४० लाख रुपैयाँले बढी हो […]

पहाडी भू-भागमा आंसिक बदली भएपनि मौसम पुर्णतया सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।   देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ […]

आज कार्तिक शुक्ल द्वितीया : भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको […]