तीन दिन पछि बढ्यो शेयर बजार, करिब ३ अंकले नेप्से बढ्दा पौने २ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले घटेर ४५३.१६ विन्दुमा पुगेर बन्द भयो । साथै […]

सुनचाँदी व्यवसायीले आज पनि गरे विरोध प्रदर्शन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । उनीहरुले सुनचाँदीको कारोबारका […]

माबिलुङ इनर्जीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न असार १ गते अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ […]

सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा छौं ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्दै गर्दा नियमापत्ति जनाएका छन्। उनले बजेटमाथि छलफल हुँदै गर्दा कस्तो वातावरणमा हुनुपर्ने हो भन्ने आफूले नबुझेको बताएका हुन् । ‘हामी बजेटमाथिको छलफलमा छौँ । यो छलफलका क्रममा यो बैठक कसरी चल्ने हो ? कस्तो वातावरण बनाउनु पर्ने हो […]

भिजिट भिसा प्रकरणमा तत्कालै छानबिन समिति बनोस् : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनु पर्ने माग गरेको छ। सोमबार प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए। ‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया […]

जामाचो हाइकिङमा हराएका बालकको सेनाले गर्‍यो उद्धार

तस्बिर सौजन्य :नेपाली सेना काठमाडौं । परिवारसँग जामाचो हाइकिङ गएर फर्कने क्रममा जेठ ३१ देखि हराएका एक जना बालकको नेपाली सेनाले उद्धार गरेको छ । बालकको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गोङ्गबु गणेशथानका १३ वर्षीय बालकलाई नागार्जुनस्थित भैरवीदल गणबाट खटिएको टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको नेपाली सेनाले जनाएको छ। […]

फेसबुकमा ‘अलबिदा’ लेखेका डा. केशव बालाजुमा सकुशल भेटिए

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर बालाजुमा सकुशल भेटिएका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेट्टाएको हो। जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेको थियो। […]

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

काठमाडौं । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ । तर पहिरो झरिरहेकाले तत्काल सडक […]

रास्वपा र राप्रपाको अवरोधबीच अगाडि बढ्यो संसद

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ। सोमबार पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा अवरोध कायमै राखेका छन्। तर सोमबार पनि संसद पेलेरै अगाडि बढाइएको छ। रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहे पनि सभामुखले संसद अगाडि बढाएका हुन्। सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही […]

रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले सोमबार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका छन् । बैठक सुरुभए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न दिएका थिए । अध्यक्ष लिङ्देनले प्रतिपक्ष […]