पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ। असार १ देखि ६ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै […]

पर्सामा रविसहित २९ विरुद्ध मुद्दा दर्ता

काठमाडौं । सहकारीको रकम ठगीको आरोपमा पर्सामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरु विरुद्ध वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पर्सा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई […]

प्रभु बैंकका ग्राहकलाई होटेल हिमालय सेरेन भ्युमा छुट

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १०% साथै आवास […]

कोशी प्रदेशको आगामी वर्षको बजेट ३५ अर्ब ८७ करोड

काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार कोशी प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका हुन्। बजेटमध्ये चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड […]

मोटरस्पोर्ट्सका लागि नीतिगत सहकार्यको लागि नासा नेपालको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर, मोटरसाइकल, पावरबोटिङ, कार्ट्स, सीम रेसिङ, ड्रोन लगायतका मोटरस्पोर्ट्ससँग सम्बन्धित इभेन्ट तथा प्रतियोगिताहरु वैधानिक प्रक्रियामार्फत मात्रै सञ्चालन गर्न आग्रह गरेको छ। नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी वक्तव्यमा भनिएको छ, “व्यवसायिक स्वार्थका लागि खेलकुदका मूल्य र मान्यता, खेलाडीको सुरक्षा तथा पेशागत विकासमाथि खेलवाड गर्नु स्वीकार्य छैन।” उनले मोटरस्पोर्ट्ससम्बन्धी […]

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय […]

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाण्डौंमा आयोजित एक विशेष […]

‘दोलालघाट–चर्मावती सुरुङ मार्ग काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याक हो, सफल पार्नुपर्छ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको ‘दोलालघाट–चर्मावती सुरुङ मार्ग’ काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याक भएको सरोकारवालाहरूले बताएका छन् । चीन, भारत र नेपाललाई त्रिदेशीय राजमार्गले जोड्न तथा काठमाडौं र चीनको दूरी घटाउन सुरुङ मार्गले विशेष योगदान पुर्‍याउने भएकाले यसलाई फास्ट ट्र्याकका रूपमा अगाडि बढाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । बजेटले […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै […]

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ […]