सार्वजनिक खर्च बढ्न नसक्नुमा सरकारले औल्याएको १० वटा कारण के -के छन् ?

काठमाडौं ।सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रुपमा बढ्न नसक्नुमा विभिन्न कमजोरीहरु रहेको देखाएको छ । सार्वजनिक खर्च बढ्न नसक्नुमा बजेट तर्जुमा देखि, आयोजना सञ्चालन, प्रतिवेदन, स्रोत सुनिश्चित लगायतका विभिन्न विषयहरुमा समस्या रहेको बताएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रुपमा बढ्न नसक्नुमा १० वटा कारण रहेको जनाएको छ , ती कारणहरु निन्नअनुसारका छन् […]

१६ अर्ब ८१ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत

काठमाडौं ।धितोपत्र बजारमा सूचीकृत कम्पनीको संख्या र रकममा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार पुसमसान्तसम्म धितोपत्र बजारमा सूचीकृत भएका कम्पनीहरुको संख्या २६७ वटा पुगेको छ । सो अवधिमा १६ अर्ब ८१ करोड मूल्य बरारबको थप धितोपत्र सूचीकृत भएका छन् । साथै नेपाल स्टक एक्सचेन्ज नेप्से सूचाङ्क २०८१ असारमसान्तको २२४०.४१ विन्दुबाट बढेर पुसमसान्तसम्म २५९४.१३ विन्दुमा […]

पाँचथर पावर कम्पनीको साधारण सभा सम्पन्न, आयोजना पुनः निर्माणको लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षण प्रतिवेदन पेश गर्ने ,लेखापरिक्षको नियुक्ति र हकप्रद शेयर निष्कासन लगायतका निर्णयहरु गरेको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनगर्ने […]

जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो

जुम्ला । जुम्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका ८ वटै स्थानीय तह ६० वडा मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । ६० वडामध्ये तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका–१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल […]

फर्स्ट माइक्रोफाइनान्सको २ लाख बढी संस्थापक शेयर निष्कासनमा

काठमाडौं ।फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनी व्यक्ति तथा संस्थाहरुले खरिद गर्न पाउने ग री उक्त शेयर निष्कासनमा ल्याएको हो । इच्छुक खरिदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

नेपाल बैंकले चैत ६ मा बोलायो वार्षिक साधारणसभा

काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०/८१ […]

तारागाउँ रिजेन्सीले ११ प्रतिशत नगद लाभांश वितरण गर्यो

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस वर्षको ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित उक्त कर वाहेक नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैक खातामा जम्मा गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको […]

हिमालयन लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको […]

१२ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १२ अर्बको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी […]

मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१ जारी, यस्तो छ व्यवस्था

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको छ । प्राधिकरणले बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजनय पकरण र सुरक्षण (सेक्युरिटि) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षणमा आइपर्न सक्ने जोखिमहरु विरुद्धको रक्षावरण गर्ने उद्देश्यले मौद्रिक क्षति […]