नेप्से झिनो अंकले बढ्दा घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ । बुधबार र बिहीबार घटेको शेयर बजार आइतबार भने बढेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.४६ अंकले बढेर २६५५.८५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६७ अंकले घटेर ४५३.४१ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट इन्डेक्स ०.१३ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.३० अंकले घटेको हो ।

आइतबार ३०८ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा कारोबार रकम १ अर्ब ७ करोड २० लाख ३६ हजारले कम हो । बिहीबार ३११ वटा कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार पुगेको थियो ।

यसैबीच आइतबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २४ अर्ब ४७ करोड पुगेको छ ।

यसदिन ९० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा उपसमूह बढ्दा बाँकी ८ वटा उपसमूह घटेको छ । विकास बैंक २७, जलविद्युत ३५, उत्पादन र प्रशोधन १०४, निर्जीवन बीमा ९ र व्यापार ४५ अंकले बढ्दा बैंकिङ ६, वित्त १५, होटल र पर्यटन ४, लगानी ०.८५, जीवन बीमा ७१, लघुवित्त १५, म्युअुचल फण्ड ०.०८ र अन्य समूह ११ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर , ङादी ग्रुप कम्पनी ,बुटवल पावर कम्पनी , ,राधी विद्युत कम्पनी र माउन्टेन इनर्जी नेपाल रह्यो । सानिमा माई हाइड्रोपावरको ८९ करोड १ लाख , ङादी ग्रुप कम्पनीको ८७ करोड २० लाख ,बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख ,राधी विद्युत कम्पनीको ५० करोड ७४ लाख र माउन्टेन इनर्जी नेपालको ५० करोड ३८ लाख बराबर कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार