पौने ३१ अंकले बढ्यो नेप्से, सवा ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार  नेप्स सूचक ३०.७५ अंकले बढेको छ । बजार २६३१.१४  विन्दुमा पुगेरा बन्द भएको छ । यसदीन ३१० कम्पानीको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स […]

राष्ट्र बैंकले २ अर्ब ६० करोड मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद १८ गतेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार २ […]

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

काठमाडौं ।  स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । स्थानीय सरकारले पटकपटक गरेका सहमति […]

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालन

हेटौँडा । सडकमा माथिबाट खसेका ठुला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा यातायात सञ्चालन भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठुला ढुङ्गाहरू खस्दा आज बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा खसेको ठुला ढुङ्गासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता […]

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । उद्धार […]

१५ दिनमा बञ्चरेडाँडाका स्थानीयको माग पुरा गर्ने कुलमानको प्रतिवद्धता

काठमाडौं । काठमाडौंको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आइतबार स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरेर समझदारी जुटाएका छन् । यससँगै करिब एक सातादेखि स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ। ‘मन्त्रीजी आज बञ्चरेडाँडा आउनुभएको थियो, उहाँले गर्न सकिने कामहरू १५ दिनभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो,’ ककनी गाउँपालिका ३ का […]

बीपी राजमार्ग सञ्चालनमा

काठमाडौं । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध  बीपी राजमार्ग सञ्चालनमा आएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका हुन्। पहिरो हटाइएको र लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले […]

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो […]