सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न भने पनि केहि ढिला गरी बैठक सुरु भएको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

