दिपलको नयाँ ‘स्टेट अफ आर्ट सोरुम’ पोखरामा, पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ स्टेट-अफ-आर्ट सोरुम उद्घाटन गरेको छ। गण्डकी क्षेत्रका ग्राहकलाई नवीनतम विद्युतीय सवारीको प्रत्यक्ष अनुभव दिन कम्पनीले सोरुम सञ्चालनमा ल्याएको हो। उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नाडा अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव […]

इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यो अफर फागुन २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ […]

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोगबिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए । उनले भने, ‘सटर भाडाको […]

साताको शेयर बजार : १ खर्ब बढीले बजार पुँजीकरण रकममा वृद्धि, ६५ करोडले कमी कारोबार रकम

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७०० माथि रहँदा पनि शेयर बजारका शतप्रतिशत सूचकहरु सकारात्मक बन्न सकेन । सातामा चार दिन खुलेको शेयर बजार सबै दिन बढ्दा पनि बजार पुँजीकरण रकम बढे पनि कारोबार रकममा भने गिरावट आयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो […]

कुमारी सबल योजनाको नाफा ३३ लाख बढी

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सबल योजनाले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा ३३ लाख ४४ हजार नाफा कमाएको छ । पुस मसान्तमा फण्ड १ करोड ३८ लाख घाटामा थियो । माघ महिनामा फण्डले १ करोड १९ लाख आम्दानी गर्न सफल […]

एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् । ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरु गरेको छ भने […]

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र […]

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य […]

सम्पत्ति शुद्धीकरणमा कानुन कार्यान्वयन तथा अनुसन्धान पक्ष कमजोर हुँदा नेपाल ग्रे लिस्टमा पर्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन वित्तीय कारबाही कार्यदल वा फाइनान्शल एक्शन टास्कफोर्स (एफएटीएफ)को ग्रे लिस्टमा नेपाल परेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कमजोर भएसँगै नेपाल ग्रे लिस्टमा परेको हो । एफएटीएफको एशिया प्यासिफिक ग्रुप (एपीजी)ले औल्याएका कमजोरी सुधार गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको छ । एफएटीएफको […]

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म

पोखरा । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ फेस्टिभलको बाह्रौं संस्करणलाई थप विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित आयोजक बुकवर्म फाउन्डेसनले कार्य गरिरहेको छ । साहित्यको यस ‘कुम्भमेला’ यसअघिका संस्करणहरू जस्तै सफल रहेने आयोजनको अपेक्षा छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, […]