पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी कुण्ड
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीको पोखरीमा दुई […]

