हुम्लाको चंखेली गाउँपालिकामा तीन हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा 

काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गरे। उनले भने, “विद्यार्थीहरूले पढेनन् भने समाज बिग्रिन्छ, […]

टी–२० विश्वकप छनोटको सुपर सिक्समा यूएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र […]

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । “पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार […]

गत साता ३ प्रतिशत घटेको नेप्से, यस साता के होला ?

काठमाडौं । गत साता सेयर बजार परिसूचक ३.०५ प्रतिशतले घटेर बन्द भयो । कारोबार हुने अन्तिम दिनको सुरुमै सकारात्मक सर्किट लागेर बन्द भए पनि त्यस पछि दिनभरमा बजार २२ अंकले बढेर कारोबार भएको थियो । अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ । […]

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउने छन् । बैंकले कात्तिक २ गते, आइतबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा २१ औँ वार्षिक […]

रिभर फल्स पावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । यस हकप्रद सेयरमा […]

श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना […]

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ […]

दैजी–जोगबुढा सडक: पञ्चायतमा ‘ट्रयाक’ खुल्यो, सडक अझै अधुरै

महेन्द्रनगर । कञ्चनपुर बेदकोट नगरपालिकाको दैजीबाट जोगबुढा हुँदै डडेल्धुरा पुग्ने सडकको ट्रयाक पञ्चायतकालमा खोलिएको भए पनि सडक कालोपत्रको काम अझै सकिएको छैन । तराईको जिल्ला कञ्चनपुरबाट भित्री मधेस डडेल्धुरा हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला पुग्ने छोटो बाटोको रूपमा रहेको दैजी–जोगबुढा सडक निर्माणले प्राथमिकता नपाउँदा समस्या भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म […]