सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन् । कर्मचारीको हकहितको लागि अदालत नगएको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका बोर्डका कर्मचारीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका हुन् । जेनजी आन्दोलनपछि अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१, र नेपाल धितोपत्र […]

नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ऋणात्मक

काठमाडौं । नेपाल सरकारको सञ्चित कोष १ खर्ब  ९६ अर्ब ३४ करोड रुपैयाँले ऋणात्मक छ । साथै, आव २०८१-८२ मा सरकारको नगद अवस्था ३१ अर्ब ३४ करोड देखिएको छ । यद्दपि, विभिन्न कोषहरुको मौज्दात एवम् एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख घनात्मक छ । महालेखा […]

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गरिन् । समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका […]

मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्रीले गरिन् छलफल

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा छलफल अघि बढाएकी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मापदण्डबारे आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि […]

राहदानी रोक्का र स्थान हदविरुद्ध लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । […]

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । केही दिनदेखि परेको वर्षाका कारण लमजुङ ÷मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो १४ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । […]

क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

राँझा । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म […]

भिजिट भिसामा विदेश जान यी ४ शर्त पुरा गर्नुपर्ने

काठमाडौं । सरकारले भिजिट भिसा मार्फत विदेश जाने मापदण्ड परिमार्जन गरेको छ । नेपाल सरकार, गृहमन्त्री स्तरीय निर्णयबाट भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरिएको हो ।  परिमार्जित मापदण्ड कार्तिक १३ गतेबाट लागू हुनेछ । नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदश जानका लागि ४ शर्त पुरा गर्नुपर्ने छ । जस अन्तर्गत कम्तीमा ६ महिना वैध अवधी भएको […]

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली […]

काठमाडौं महानगरपालिकाद्वारा घर बाहिर फोहोर ननिकाल्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।