बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक

गोरखा । दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरु यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो । बारपाकको […]

आगामी मौद्रिक नीतिमा बैंकर्स संघले राष्ट्र बैंकलाई के दिए सुझाव ?

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेस गरेको छ। संघले मुख्यगरी आधार दर (बेसरेट) सुधार गर्नुपर्ने र ब्याजदर अन्तर (स्प्रेड रेट) हटाउनुपर्ने माग राखेको छ। स्प्रेड दरमा असन्तुष्टि बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजबीचको अन्तर दर नै […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो । यो सँगै बिहीबार छापावाला सुन प्रतितोला १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन प्रतितोला १ लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने […]

यही सरकारको पालमा पशु कल्याण ऐन जारी हुन्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारको पालामा पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एनिमल नेपालले आयोजना गरेको पशु कल्याण सम्बन्धी चुनौती तथा वर्तमान अवस्थामा पशु कल्याण ऐन तथा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले ऐनको मस्यौदा तयार भइसकेको र अब छिट्टै सरोकारवालासँग छलफल गरी ऐन […]

असार पहिलो साता २ हजार ८००  ले घट्यो सुनको मूल्य

काठमाडौं । असार महिनाको पहिलो साता करिब सुनको मूल्य प्रतितोला २ हजार ८०० ले घटेको छ । साताको पहिलो दिन आइतबार तोलामा १ लाख ९७ हजार ५०० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार आइपुग्दा तोलामा १ लाख ९४ हजार ७०० कायम भयो जुन पहिलो दिनको तुलनामा २ हजार ८०० रुपैंयाले कम हो […]

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो 

काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘Yamaha Day’ को अवसरमा यस वर्ष विशेष महत्वको ‘Bridging Old and New, Through Kando Actions’ भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो । नेपालमा पनि यामाहाले […]

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश प्रयोजनार्थ युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६१२.२८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ। कम्पनीले आफ्नो ३१ औँ वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने […]

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ। पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो। पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ। साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका […]

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा । माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायी विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेन्टिन प्रयोगाशालाको आवश्यकता औँल्याउँदै आए पनि त्यसले मूर्तरूप लिएको छैन । विसं २०७८ असोजमा कृषिजन्य वस्तुको निरीक्षण र परीक्षण गरी छोडपुर्जी दिने उद्देश्यले […]

बेष्ट फाइनान्समा ६ सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार १८ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो । संस्थापक समूहबाट प्रा.डा. रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल हुन् भने सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली रहेका छन् […]