यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ६४ पैसा बिक्रि दर १ सय ३८ रुपैँया २४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ३६ पैसा बिक्रि दर […]

सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता  हुनुपर्ने बताएका छन् । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए । ‘हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ’, आफैं इन्चार्ज रहेको माओवादी केन्द्रको अर्थ […]

कामना सेवा विकास बैंक वार्षिक ९ प्रतिशत लाभांश दिने अग्राधिकार शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको शेयर जारी गर्ने भएको छ । अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा […]

माओवादी अर्थ विभागले गर्यो राष्ट्रिय गौरवका आयोजनाबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ । राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरु सहभागी छन् । कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निस्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिएका थिए । यस्तै इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक […]

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको बताएका […]

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललेअनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्ने तर्फ सरकारका क्रियाकलापहरु केन्द्रित […]

सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि होः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पत्ति […]

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउनमा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय […]

धनुषाका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

धनुषा । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको हो । यस वर्षको सरस्वती पूजा यही माघ २१ गते परेको छ । सोही पूजालाई लक्षित गरी मूर्ति बनाउन मूर्तिकार व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । यस शाखाबाट […]