कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकवाट स्वीकृती

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभावाट अग्राधिकार शेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृती प्रदान गरेको […]

गण्डकी प्रदेशमा चिनियाँ दूतावासद्वारा स्मार्ट कक्षा सुरु

काठमाडौं । नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन प्रमुख कदमको रुपमा, नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षाको सुरुवात गरेको छ । ह्वावेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठा माघ ६ गते लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित श्री बुद्धोदय माध्यमिक विद्यालयमा आधिकारिक रूपमा उद्घाटन गरिएको […]

अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ को फाइनल चरण तथा समापन समारोह काठमाडौंमा माघको ७ गते सम्पन्न भएको छ । कुल ३२ टिममा उत्कृष्ठ हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगितावाट उत्कृष्ट […]

राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नियम पालना नर्गे तीन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने बैंकहरुमा प्रभु, हिमालय र एनआईसी एशिया बैंक रहेका छन् । केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा बैंकहरु, बैंक अध्यक्ष, सञ्चालक […]

खराब कर्जा घटाएर प्रतिफल दिने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून […]

गल्फ अफ मेक्सिको लाई “गल्फ अफ अमेरिका बनाउने प्रस्ताव सहित, ट्रम्पको भाषण

काठमाडौं । ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि पुनरागमन गरेका डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औ. राष्ट्रपटिको रुपमा सोमबार शपथग्रहण गरेका छन् । प्रमुख राजनीतिक व्यक्तित्वहरू र नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो भाषण सुरु गरेका ट्रम्पले अमेरिकाको ‘सुनौलो युग’ सुरू भएको घोषणा गर्दै अघिल्लो सरकारको भ्रष्टाचारले जनताको विश्वास गुमेको आरोप लगाए । डोनाल्ड ट्रम्पको भाषणका मुख्य पाँच विषयः १. […]

आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लैजाने निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गरेका थिए । आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उनले संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख […]

५ अंकले बढ्यो नेप्से, ३८ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिनदेखि निरन्तर बढेको शेयर बजार मंगलबार पनि बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ अंकले बढेर ४४०.१४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी […]

एनएमबि क्यापिटल ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ निष्कासन गर्दै

काठमाडौं । एनएमबि क्यापिटलले आगामी माघ २४ गतेदेखि आफ्नो सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ। क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजना सञ्चालनका लागि माघ २४ गतेदेखि इकाई निष्कासन गर्न लागेको हो । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो । दश वर्षे […]