भिजिबिलिटीका कारण एयर चाइना र बुद्ध एयरको जहाज ‘डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन्। मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र […]

स्टार्टअप प्रभावकारी रुपमा कार्यान्वयन हुने अध्यक्ष ढकालको विश्वास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअप प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। स्टार्टअप नेसन सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘बजेटमा नै स्टार्टअपका बिषयमा कार्यक्रम राख्न शुरु भएको करिब एक दशक पछि स्टार्ट अप परिभाषित भएको छ । चार महिना अघिमात्रै स्टार्टअपको कानुनी रुपमा परिभाषा आएको छ । […]

साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । उनले आन्तरिक उत्पादनबाट आयात […]

कीर्तिमानी मूल्यमा पुग्यो सुन

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुन हालसम्मको उच्च मूल्यमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा करोबार भएको थियो। यस अघि गत आइतबार छापावाल सुन प्रति […]

अधिकांस तरकारीको मूल्य घट्यो, कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ […]

गत आवमा ६ हजार ट्रेडमार्क दर्ता

काठमाडौं । गत आर्थिक वर्षमा औद्योगिक ट्रेडमार्क दर्ता दोब्बरले बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा छ हजार ५१ वटा ट्रेडमार्क दर्ता भएका छन् । आव २०७९/८० मा तीन हजार २५४ वटा ट्रेडमार्क दर्ता भएका थिए । अघिल्लो आवको तुलनामा दोब्बरभन्दा बढी ट्रेडमार्क दर्ता भएका हुन् । पुराना फाइल क्लियर भएको र ट्रेडमार्कको […]

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् । यसअघि मङ्गलबार […]

भोजपुरको आमचोक गाँउपालिकाले गर्यो चौध सय रोपनीमा चियाखेती

काठमाडौं । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय […]

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ ।  सो संस्थापक शेयरको मूल्य न्यनतम प्रति शेयर रु १४५/- रहेको छ । बिध्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गरी लिन चाहेमा आजको मितिले ३५ (पैत्तीस) दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा आफुले खरिद गर्ने शेयर संख्या […]

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक ७,००,००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक  ७,००,००० कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु. ४५० /- ( चार सय पचास रुपैंया मात्र) मा बिक्रीमा रहेको छ ।  उक्त शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले  २०८१ साल आश्विन ८ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक  एन आई सी एशिया क्यापिटलमा आइपुग्ने […]