इरानसँगको युद्ध यो साता सकिने सम्भावना कमः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताउनुभयो , यद्यपि उलले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी दोहोर्‍याएको छ । ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’ भने ।  उनले भने, “धेरै […]

संयुक्त राष्ट्रसंघ आवासीय संयोजक र गभर्नर पौडेलबीच शिष्टाचार भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघ की आवासीय संयोजक लिला पिटर्स याहियाले मंगलबार नेपाल राष्ट्र बैंक का गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेकी छन्। भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था तथा आर्थिक स्थायित्वमा देखिँदै आएका चुनौतीहरूबारे संक्षिप्त छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

१३.५१ अंकले बढ्यो नेप्से, १२ अर्ब नाघ्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स भने २.१४ अंकले बढेर ४८२.५६ अंकमा पुगेर बन्द भएको हो । मंगलबार १३२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११३ वटा कम्पनीको शेयर मूल्य घटेको भने १७ वटाको स्थिर रहेको […]

कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स बिक्री वितरणमा रोक

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स विरुद्ध कारबाही गर्दै बिक्री वितरणमा रोक लगाएको छ। विभागका अनुसार नियमित अनुगमनका क्रममा कीर्तिपुरस्थित उक्त डेरीले उत्पादन गरेको प्रशोधित दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा तोकिएको मापदण्डभन्दा कम पाइएको हो। परीक्षणमा उक्त दूधमा फ्याटको मात्रा १.४ प्रतिशत मात्रै […]

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बैंक लि. बाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोड सम्मका खराब तथा […]

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए । “नागरिकलाई महसुस हुने गरी काम […]

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने

काठमाडौं । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था लागू गरिने भएको छ । आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले सार्वजनिक गरेको जानकारी अनुसार सबै सरकारी विद्यालय, […]

‘इन्डक्सन’ वा ‘इन्फ्रारेड’ विद्युतीय चुलोमा कुन किन्ने ?

काठमाडौं । देशभरी ग्यास अभाव बढ्दै गएको छ । घरधनी, रेस्टुरेन्ट तथा होटल व्यवसायीहरुले परम्परागत ग्यास स्टोभ प्रयोग गर्न कठिनाइ भोगिरहेका छन् । ग्यास आपूर्ति सीमित भएकाले खाना पकाउने काम प्रभावित भएको छ र यसले दैनिक जीवनमा समेत समस्या सिर्जना गरेको छ । यस्तो परिस्थितिमा, आधुनिक खाना पकाउने प्रविधिहरु अहिलेका लागि विकल्पको रुपमा उभिएका छन् । […]

राष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका  छन् । राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनि तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम होटल रोयल टुलिपमा सुरु ,हेर्नुहोस् तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो । सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि रास्वपाले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको हो […]