उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगी–व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनएको छ । ग्यासको आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गरी उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील समयमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने […]

मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा गरेका छन् । डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’ को संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने […]

बढ्यो सुनचाँदीको मूल्य,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख २ हजार ४ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

काठमाडौं । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म समेटिएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८२/८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत […]

मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाएको छ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीज्यूले उक्त बैठक बोलाएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित […]

सुरुङभित्र जीवनको सम्भावना अझै जीवितै, नियन्त्रित विष्फोटनसहित उद्धार कार्य तीव्र पार्ने सहमति

काठमाडौं । भोटेकोशी नदीको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मानिसहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै सुरुङको मुखसम्म पहुँच पुर्‍याउन तीव्र प्रयास भइरहेको छ। हिजो रात्रिकालीन पाली सञ्चालन गरेर २४ सै घण्टा लेदो पन्छाउने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल र विष्फोटनसम्बन्धी जटिलताका कारण सडक विस्तार सुरुङको मुखसम्म पुग्न सकेको थिएन। […]

सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

काठमाडौं । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम […]

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्रे

काठमाडौं । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रेका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडक खण्डमा कालोपत्रे गर्ने […]

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ३१ हजार बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा योग्य […]

निर्माण लागत तीन वर्षयताकै उच्च, इँटा र विद्युतीय तारको मूल्य सबैभन्दा महँगो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा देशको समग्र निर्माण लागतमा उल्लेख्य वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा यस अवधिमा निर्माण क्षेत्रको मूल्य सूचकाङ्क ३.८६ प्रतिशतले बढेको छ, जुन पछिल्लो तीन वर्षको चौथो त्रैमासिक अवधिहरुमध्येकै सबैभन्दा उच्च वार्षिक वृद्धि हो। चौथो त्रैमासमा मात्रै निर्माण क्षेत्रको इनपुट मूल्य […]