दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात

काठमाडौं । पछिल्लो दुई दिनमा भारतबाट नेपालमा ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार भदौ २५ र २६ गते गरी दुई दिनमा ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको हो। भदौ २५ गते मात्रै ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ […]

दुबईमा अलपत्र नेपालीको उद्धारका लागि मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली नागरिक सुनिल लुंगेली मगरको उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्। मन्त्री पुनले शनिबार सामाजिक सञ्जालमार्फत मगरले दुबईबाट आफूलाई फोन गरेर समस्याबारे जानकारी गराएको भन्दै उनको उद्धारका लागि सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्। मगर कार्यरत रोजगारदाता कम्पनीले उनको राहदानी […]

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष जनशक्ति, प्रयोगशाला तथा स्वास्थ्य परीक्षणसम्बन्धी सुविधा आवश्यकताअनुसार बिरामीको घरसम्म पुर्‍याइनेछ । ‘किष्ट एट होम’ […]

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ। कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि इच्छुक उम्मेदवारसँग आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। सीईओ पदका लागि उम्मेदवारले कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पर्यटन […]

प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो। करिब ३३ वर्षको इतिहास […]

असाधारण विपत्तिलाई आधार बनाएर नेपालमा लगानी जोखिमपूर्ण भन्न मिल्दैन : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने असाधारण प्राकृतिक विपत्तिका आधारमा नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्न नहुने […]

३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ : डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम रहेको बताएका छन्। इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् आयोजनामा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्नु दुःखद भएको बताए। जलविद्युत् […]

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि […]

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ । सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो । […]

एसिसी प्रिमियर कप फाइनलः नेपाल र युएई मैदानमा

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिडिरहेका छन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु भएको हो । दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा […]