पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो
काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताएका छन् । सडक अवरुद्ध हुँदा […]

