रिलायन्स फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेगरी शेयर विक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन […]

५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण

दमौली । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ। गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको हो। कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्याक्टर खरिद गरिएको थियो। गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका […]

रियलमी सी६१ : टफ एज स्टिल एन्ट्री-लेभल स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ । रियलमी सी६१ ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङको साथ नयाँ मानक सेट गर्दछ । ४८ महिनाको फ्लुएन्सी (४ वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी) भएकोले प्रयोगकर्ताहरूले अब ४ वर्षसम्म नयाँ फोन […]

स्वीट्जरल्याण्डको पहिलो लगानी नेपालको चाउचाउ उद्योगमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि स्वीट्जरल्याण्का राजदूत डानियल मेउल्ली मोन्टेलोनसँग भेटका क्रममा नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न आग्रह गरे । बुधबार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका राजदूत मोन्टेलोनसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहयोग उत्प्रेरित हुने बताएका थिए । तर, […]

हिमालय मोटरक्स डिपलको पोखराको बिक्रेता

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतिय गाडी (Deepal) दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ । पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्सको शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै […]

अमेरिकी डलर ६० हजारबाट बढ्दै १ लाख सम्मको सटही सुविधा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत् अमेरिकी डलर १ लाखसम्मको सामानको आयातको लागि सटही सुविधा पाइने भएको छ । यो सँगै यसअघिको ६० हजार अमेरिकी डलर सटही सुविधमा वृद्धिदर भइ १ लाख अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० […]

राष्ट्र बैंकद्धारा पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ को बुदाँहरु समावेश गरिएको छ । जसमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ लागु हुनु्पूर्व प्रदान गरिएका चालुपूँजी प्रकृतिका कर्जालाई मार्गदशर्नको पूर्ण पालना गरेर मात्र […]

विद्यार्थीलाई सम्भावना चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै

काठमाडौं । माध्यमिक तहको(+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न श्रावण १९ गते अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ। ‘करियर कन्क्लेभ’ नेपालमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर गर्न लागिएको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ। प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा हुन लागेको युवा […]

कस्तो स्मार्टफोनहरुलाई अलराउण्डर भन्ने ?

काठमाडौं ।  सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ । अहिलेको आधुनिक युगमा ग्राहकहरु सुपथ मूल्यमा अधिकतम् सुविधा भएको स्मार्टफोनहरु खरिद गर्न चाहन्छन्। गेमिङ, […]

१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बढेको छ। बिहीबार छापावाल सुन प्रति तोला १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार छापावाल सुन प्रति तोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ३७ हजार ४५० रुपैयाँ प्रति […]