ललितपुरको विभिन्न क्षेत्रमा पर्यो पानी

काठमाडौं । अहिले ललितपुर क्षेत्रमा वर्षा भइरहेको छ । ललितपुर क्षेत्रको भैंसीपाटी, खोकना, बुग्मती लगायतका क्षेत्रमा वर्षा भएको त्यहाँका स्थानीय सुरज मल्ल ठकुरीले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । मंगलबार दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस, […]

सिबिआईएल क्यापिटलले माघ ८ मा बोलायो विशेष साधारण सभा

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले आगामी माघ ८ गते दोस्रो विशेष साधारण सभा बोलाएको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको नाम परिवर्तन गर्ने र त्यसका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव सभाले पारित गर्नेछ । […]

नेपाल एसबिआई बैंकमा सञ्चालक परिवर्तन, रितेश सिन्हा नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् । बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट सञ्चालक समितिमा रितेश सिन्हालाई सञ्चालकको रूपमा नियुक्त गरिएको हो । यसअघि पिनाकी नाथ बनर्जीले उक्त संस्थाबाट प्रतिनिधित्व गर्दै आएकोमा पुस २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय […]

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर छ। तर, चाँदीको मूल्य भने बढेको छ। सुनको मूल्य आज प्रतितोला १ लाख ५२ हजार रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो। गएको आइतबार १ हजार ५ सय रुपैयाँ घटेको सुनको मूल्य त्ययताका दुई दिन घटबढ् भएको छैन। गएको […]

माघेसंक्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन अनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन छ। टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका […]

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आज देखि आवेदन दिन सकिने

काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडको आज मंगलबार देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी शत प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । यस आधारमा शेयरधनीहरूले कम्पनीको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका […]

सिटिजन्स सन्तुलित योजना नामक बन्दमुखी योजना सञ्चालनका लागि बोर्डमा निवेदन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सन्तुलित योजना नामको सामूहिक लगानीकोष योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासनका लागि सिटिजन्स क्यापिटलले बोर्डमा पुस १९ गते निवेदन दर्ता गराएको हो । बन्दमुखी प्रकृतिको योजनाका रूपमा सञ्चालनमा आउने यस योजनाको इकाई […]

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी लिनु गैरकानुनी कार्य – नेपाल राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपभोक्ताले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, QR Code, कार्ड वा POS Machine जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा भुक्तानीकर्तालाई कुनै पनि शुल्क नलाग्ने जनाएको छ । यसरी  बिक्रेताले खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम असुल नगर्न भनेको छ । नेपाल राष्ट्र बैङ्कले  वस्तु तथा सेवाको […]

 जस्मिन पेन्ट्सले आइपिओ जारी गर्ने

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि  साधारण शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मुल्य दरका ५ लाख कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ […]

नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, कृष्णराज लामिछाने अध्यक्ष नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा २०८१ पुष १९ गते सम्पन्न भएको छ । सभाले  आ.व. २०८०-८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित  गर्दै , आ.व. २०८१-८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन गरेको छ  । नवनिर्वाचित  संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, […]