RE
Global College

ललितपुरको विभिन्न क्षेत्रमा पर्यो पानी

काठमाडौं । अहिले ललितपुर क्षेत्रमा वर्षा भइरहेको छ । ललितपुर क्षेत्रको भैंसीपाटी, खोकना, बुग्मती लगायतका क्षेत्रमा वर्षा भएको त्यहाँका स्थानीय सुरज मल्ल ठकुरीले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको हो

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News