आज कार्तिक शुक्ल द्वितीया : भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको […]

नेपालले हरायो अस्ट्रेलियालाई बन्यो समुह बिजेता

काठमाडौं ।  द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको हो । १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । चौथो ओभरको पहिलो बलमा प्रतिश जिसीले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए […]

२ खर्ब ६२ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको घरजग्गा कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने घरजग्गा कर्जामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म  बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ६२ अर्ब ८३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१ अर्ब ७८ करोड […]

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ […]

कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न […]

मौसममा न्युन चापिय प्रणालीको प्रभाव, हिमाली भुभागमा हल्का हिमपात हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ […]

कर्जा असुली समस्या बन्दै वाणिज्य बैंकलाई

काठमाडौं । आर्थिक गतिविधिमा देखिएको सुस्तीको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा परेको छ । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणमा कर्जा असुली समस्याको रुपमा देखिएको छ । अर्थतन्त्र शिथिल हुदाँ आर्थिक गतिविधि चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह समेत प्रभावित बन्न जाने जनाकारहरु बताउछन् । आर्थिक गतिविधि चलयमान हुन […]

२० हजार पाँच सय ११ मेट्रिक टन जुम्ली स्याउ बिक्रि

काठमाडौं । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख […]

मौसम पुर्णतया सफा रहने हिमाली भेकमा हल्का हिमपात हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ  ।  आज दिउँसोकोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ […]