RE
Global College

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार सुनचाँदीकै मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चार दिनसम्म लगातार घटेको सुनको मूल्य हिजोदेखि बढ्न थालेको हो। प्रतितोला ५सय रुपैयाँ बढे। आज सुनको मूल्य १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य १ लाख ५१ हजार रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २५ रुपैयाँ बढेर आज चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ कामय भएको छ। हिजो चाँदीको मूल्य १ हजार ७ सय ६५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

NECO

Leave Your Comment

Related News