एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लाका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पाँचथर र ताप्लेजुङमा शाखा विस्तार गरेको छ । बैंकले पुस ११ गते फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा […]

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि बताए । भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच […]

तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालयका र कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त  उपकुलपतिले  पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन […]

५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७ अर्ब, ९ प्रतिशतको वृद्धि

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उत्साहजनक वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन  शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।  हिजो बिहीबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ भएको छ । छापावाल सुनको मूल्य आज प्रति १० ग्रामको मूल्य १ लाख […]

नेपाल राष्ट्र बैंकले खारेज गर्यो ३ रेमिट कम्पनीको इजाजतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि., मोडर्न रेमिट्यान्स प्रा. लि. र भाटभटेनी मनि ट्रान्सफर प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार यी  विप्रेषण कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, […]

हिमपात र शीतलहरबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका हुन् । उनले उच्च पहाडी तथा हिमाली […]

सामाजिक सुरक्षा कोषमा निर्देशकदेखि सहायक कम्प्युटर अपरेटरलाई जागिरको अवसर

काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न रिक्त पदहरू पूर्तिका लागि दरखास्त खुला गरेको छ। कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत सेवा, समूह, उपसमूह र तह अनुसारका पदहरूमा कर्मचारी नियुक्त गर्ने उद्देश्यले आवेदन माग गरेको हो। इच्छुक र योग्य उम्मेदवारले निर्देशक, वरिष्ठ सहायक निर्देशक, वरिष्ठ सहायक निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा एवं कानुन अधिकृत, सूचना प्रविधि […]

सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्स लिमिटेडका शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। सर्वोत्तम सिमेन्टको अघिल्लो कारोबार दिन प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत […]

भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका डा। सिंहको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले मेडिकल बुलेटिन जारी गरी सिंहको निधन भएको पुष्टि गरेको छ । सन् १९३२ सेप्टेम्बर २६ मा पन्जाब प्रान्तको एक […]