एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा

काठमाडौं । प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक […]

वीरगञ्ज नाका हुँदै आयात हुने सवारीसाधन घट्यो

काठमाडौं । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा […]

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरेका छन् । २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन्भने खेती गरेरै मनग्य आम्दानी गर्दै आएका हुन् । वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा […]

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

काठमाडौं । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन […]

नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह, लगानी सहजीकरणमा महासंघले सघाउने

काठमाडौं । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा […]

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा जागिर खाने अवसर

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले कार्तिक ९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सहप्रबन्धक तहदेखि कम्प्युटर सहायकसम्म १५ जनालाई रोजगारी दिने भन्दै विज्ञापन प्रकाशित गरेको छ । योग्यता पुगेका उम्मेदवाहरुले कम्पनीको वेबसाइट vacancynepaltransit.com मा सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा निवेदन […]

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

काठमाडौं । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका सिरहाका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको । ”कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि […]

सुनको मूल्य स्थिर चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । दसैँ सकिएपछि लगातार रूपमा बढेको सुनको मूल्य बिहीबार प्रति तोला ७ सय रुपैयाँले १ लाख ६६ हजार रुपैयाँमा आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य घटेको […]

सत्ता समीकरण दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समिकरण दलको वैठक बोलाएका छन् । ओलीले  आज दिउँसो ३ बजे बालुवाटारमा सता समीकरणमा रहेका दलको बैठक बोलाएका हुन् । आजभन्दा २ दिन अघि पनि सत्ता समिसरण दलको वैठक वसेको थियो । सो वैठकले सत्ता समिकरण दल एक ढिक्का रहेको सन्देस प्रवाह गर्नुका साथै सहकारी ठगि, किर्ते, सम्पत्ति […]

बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा दियो एक करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री कार्यलयमा आयोजित एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सो चेक हस्तान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्  । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्ने क्रम बढिरहेको छ बिभिन् बैङ्क बित्तिय […]