सामुदायिक विद्यालयका विद्यार्थीलाई परीक्षा र रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९, १० र ११ का विद्यार्थीका लागि परीक्षा र रजिस्ट्रेसन फारामबापतको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। यस निर्णय कार्यान्वयनमा आएमा प्रत्येक वर्ष करिब पाँच लाख विद्यार्थी लाभान्वित हुनेछन्। शुल्क नलिने निर्णय कार्यान्वयनका लागि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिसकेको छ। मन्त्रालयले यो सिफारिसलाई अर्थ […]

