दशै सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]

सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेलको स्थानान्तरित शाखा उद्घाटन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले बुधबार आफ्नो स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख […]

कृषि कम्पनीको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीै असोज १६ गते सम्पन्न सञ्चालक समितिको ८५ औं बैठकको निर्णय बमोजिम रिक्त रहेको स्वतन्त्र संचालकमा कृषि प्रसार विज्ञ तथा स्थायि तानसेन, पाल्पा घर भई हाल टोखा, काठमाडौं निवासी श्रेष्ठलाई नियुक्ति गरेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छि […]

सातै प्रदेशमा खानेपानीको परीक्षण शुरु भइसक्यो: खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले पानीको परीक्षण शुरु गरिसकेको बताएका छन् । सिंहदरबारमा बुधवार काठमाडौं उपत्यका मेयर फोरमसँगको छलफलमा उनले विपद्जन्य घटनाका कारण पानीको समस्या विकराल बनेको र अशुद्ध पानीका कारण रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरी पानीको परीक्षण सात प्रदेशमै शुरु गरिसकेको बताए। उनले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले मुलुकभर एउटा समूह बनाएर नागरिकको स्वास्थ्यमा […]

पर्व लक्षित छुट मूल्यमा चामल बिक्री सुरु

काठमाडौं । चाडपर्व नजिकैसँगै सरकारले सहुलियत तथा छुट मूल्यमा सामान बिक्री सुरु गरेको छ । मधेश प्रदेशको जनकपुरधाममा सहुलियत तथा छुट मूल्यमा चामल बिक्री सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा […]

सिटिजन लाइफका कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम

काठमाडौं । एक संस्थाको वृद्धि–विकासका लागि त्यस संस्थाका कर्मचारीहरुले मुख्य भूमिका खेल्दछन् र संस्थाको विकास सँगै कर्मचारीहरुको पनि बाराबर प्रगती हुनुपर्दछ भन्ने सोच रख्दै आएको सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा २०८१ भदौमा, ललितपुरको धोबिघाट स्थित सिद्धार्थ […]

हार्दिक आईभिएफ सेन्टरको चाडपर्व असफ, आईभिएफ सेवा अब मात्र २ लाख ५० हजारमा

काठमाडौं । काठमाडौं सिनामंगल क्रष्टिल कम्लेक्सस्थित उच्चस्तिरिय सुबिधा सहितको, अन्तराष्ट्रिय स्तरको हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले संचालनको छोटो अवधिमै लोकप्रिय हुन सफल तथा थुप्रै नि:सन्तान दम्पत्तीहरुलार्ई सन्तान सुख दिन सफल यस सेन्टरले नेपाली हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठको अवसर पारेर यही २०८१ असोज १७ देखि कार्तिक २३ गते सम्मका लागि आई.भि.एफ सेवामा बिशेष छुटको […]

नेपालको अर्थतन्त्रको आकारमा वृद्धि  

काठमाडौं ।  नेपालको अर्थतन्त्रको आकारमा वृद्धि भएको छ । पछिल्लो वर्ष नेपालको अर्थतन्त्रको आकार २.०१ प्रतिशतले वृद्धि हुदै ३.८७ प्रतिशतले विस्तार भएको अर्थ मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भएको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएको थियो । विगतका […]

निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन्। बुधबार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्। उनले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरुप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताए। अहिले पनि प्रक्रिया पूरा […]

 धान–चामल आयात वीरगञ्ज नाकाबाट घट्यो

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको २ करोड ६३ लाख ३४ हजार ७ सय ९० किलो धान आयात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको ३ करोड […]