आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र […]

एनपीएल: लुम्बिनीले विराटनगरसँग ठूलो योगफल जोगाउन सकेन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर १९१ रन बनायो । जारी एनपीएलको यो हालसम्मको उच्चत योगफल थियो । […]

मुक्तिनाथ बैंक र एनसिएचएलबिच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ । यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाईल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटली लगाएतको देशबाट […]

नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

काठमाडौं । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरे । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट […]

नेपालपे क्यूूआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेपालपे क्यूआर आवद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो । उक्त अवार्ड कार्यक्रम पुस ५, २०८१ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा […]

प्रधानमन्त्रीको निर्देशनमा उद्योगम मन्त्रालयले ४ वटा ऐन संशोधन गर्दै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकै पटक चार वटा ऐन संशोधन गर्न लागेको छ । मन्त्रालयले औद्यागिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ र खानी तथा खनिज पदार्थ ऐन, २०४२ गरी चार वटा ऐन संशोधन गर्न लागेको हो । मुलुकको औद्योगिक विकासको लागि आवश्यक […]

एक दशकदेखि लेखा परीक्षण बिनै सञ्चालनमा राष्ट्रिय जीवन बीमा कम्पनी, चार महिनामा भित्रमा सम्पन्न गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध […]

एनपीएल: काठमाडौसँग कर्णाली तीन विकेटले पराजित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । एक सय ५० […]