सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया: नैतिक संकटमा प्रधानमन्त्री ओली

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती गर्ने तयारी गरेको छ । सम्भवत आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले सेबोन अध्यक्ष नियुक्ती गर्नेछ । सर्टलिस्टमा परेका पाँच जनामध्ये चार जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न गरेर अन्तिम तीन जनाको नाम सिफारिस भएसँगै सरकारले सेबोन अध्यक्ष नियुक्त गर्न सरकार अग्रसर देखिएको हो । राष्ट्रिय […]

भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्रीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्तीबाट थाहा हुन्छ: रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्पक्षता र इमानदारिता हेर्न पाइने बताएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै सांसद झाले भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्री ओलीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाबाट थाहा हुने बताएका हुन् । झाले फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू […]

शेयर बजारका सबै सूचक बढ्दा कारोबार रकम खुम्चियो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारका अधिकांश सूचक बढ्दा कारोबार रकम घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८६ अंकले बढेर ४७३.०६ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०९ वटा कम्पनीको १ करोड २२ लाख […]

चीनबाट ऋण लिन हुदैन, अनुदान मात्र : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्। जकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन्। ऋण लिन सक्ने सामर्थ्य अहिले नेपालसँग नभएको सभापति देउवाले बताए। ‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौं,’ सभापति […]

सोभरेन क्रेडिट रेटिङले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो भएको प्रमाणित गर्यो : सिबिफिनल

काठमाडौं ।अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) अत्यन्तै गर्वित एवं उत्साहित भएको बताएको छ । दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता […]

काठमाडौं महानगरले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिवानाको सूचना

काठमाडौं । काठमाडौं महानगरले  नेकपा एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलबाट पठाएको छ । आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिबानाको सूचना बुझ्न अस्वीकार गरेको थियो। नेकपा एमालेले दरबारमार्गमा मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले १ लाखा जरिबाना गरेको थियो। त्यसको सूचना बुझाउन महानगरका […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले सोमबार २ बजेका लागि त्रैमासिक समीक्षा बैठक बोलाएका थिए। त्यो बैठक स्थगन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ। […]

डलर र युरो सहित ३ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुबाट करिब ६३ लाख रुपैयाँबराबरको अमेरिकी डलर र युरो बरामद भएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षीय विजयसिंह […]

हर्टिकल्चर सम्मेलन काठमाडौंमा सुरु, गुणस्तरीय बीउ उत्पादनमा जोड

काठमाडौं । १५ औँ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरे । मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । सबै […]

कम्पयुटरमा भाइरस प्रवेश गरेसँगै पासपोर्ट वितरणलाई समस्या

काठमाडौं । राहदानी विभागको अवरुद्ध सेवा आंशिकरूपमा सञ्चालनमा आएको छ । विभागले सूचना जारी गर्दै राहदानी (पासपोर्ट) सेवा पूर्णरूपमा सञ्चालन गर्न अझै २ साता लाग्ने बताएको छ । यसअघि नै फारम भर्नेहरूलाई भने सेवा दिन थालिएको विभागको भनाइ छ । विभागले सञ्चालन गरेको कम्पयुटरमा भाइरस प्रवेश गरे सँगै सेवा दिन नसकेको समेत बताएको छ । […]