‘नेपाल विश्वमै एक ‘प्राविधिक हब’को रुपमा उदाउन सक्ने’

काठमाडौं ।  नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तरराष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्राविधिक हब’ को रुपमा उदाउन सक्ने बताएका छन्। ‘लन्डन टेक विक २०२४’मा भाग लिन बेलायत आएका नेपाली नेपाली सूचना प्रविधि उद्यमीहरुको सम्मानमा नेपाली दूतावासद्वारा बुधबार आयोजित एक समारोहमा बोल्दै नेपाल एसोसियसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास आइटी) […]

दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटी २ हजार ९५.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२५ अंकले घटेर ३ सय ७०.९३ विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार ९.३२ अंकले घटेको शेयर बजार आइतबार ०.८० प्रतिशतले […]

सरकारी वित्त २ खर्ब ३६ अर्ब घाटामा

काठमाडौं । उच्च चालु खर्च र कमजोर राजस्व संकलनका कारण सरकारी वित्त घाटामा रहेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुदाँ सरकारी वित्त २ खर्ब ३६ अर्ब ८४ करोड ८८ लाख रुपैयाँले घाटामा रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा सरकारको आम्दानी ९ […]

मेवा खोला हाइड्रोद्धारा १ करोड २३ लाख हकप्रद शेयर जारी गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावार लिमिटेडको लगानी रहेको श्री युनाइटेड मेवा खोला हाइड्रोपावार प्रा.लिले १ करोड २३ लाख ५ हजार हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । १ […]

सेबोनको अध्यक्ष बन्न दुई जना मात्र इच्छुक, प्रक्रिया अन्यौलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष बन्नका लागि दुई जना मात्र प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि सहभागी भएका छन्। सेबोनको अध्यक्ष पदका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश भएका पाँच उम्मेदवारमध्ये प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि दुई जना मात्र सहभागी भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ। प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि आज (आइतबार) सन्तोषनारायण […]

बजाज पल्सर एन १५० नेपाली बजारमा, मूल्य तीन लाख ६० हजार

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ। यो मोटरसाइकल भारतमा एक वर्ष अघि नै लन्च भइसकेको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यस […]

लुम्बिनी प्रदेशमा बढ्यो ईभीको वार्षिक कर

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि विद्युतीय सवारीसाधनमा लाग्ने वार्षिक कर बढाएको छ। असार १ गते ल्याइएको आगामी आर्थिक वर्ष २०८१/८२ को प्रदेश बजेटमार्फत लुम्बिनी सरकारले विद्युतीय सवारीको वार्षिक कर बढाएको हो। सवारीसाधनको वार्षिक कर लिने अधिकार संविधानले नै प्रदेश सरकारलाई दिएको छ। प्रदेश सरकारहरुले आफ्नो प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका सवारीसाधनमा वार्षिक कर निर्धारण […]

लर्डबुद्धका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापति चयन

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन्। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन्। जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत हुन् । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले […]

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं ।प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका वडा नम्बर १ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नोे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नोे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा […]

झण्डै १ अर्ब अपचलनको आरोपमा कृषि विकास सहकारीका सञ्चालकहरु पक्राउ

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो। अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँका नेतासमेत हुन् । पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । ४३ […]