एमएडब्लू हायर पर्चेज उत्कृष्ट करदाताबाट सम्मानित

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ । कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक […]

सौरभ ज्योतिको नेतृत्वमा नेपाल जापान चेम्बर गठन, नविन प्रविधि भित्र्याउन थप मद्दत पुग्ने

काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज –एनएनसीसीआई)को स्थापना भएको छ । व्यवसायी सौरभ ज्योतिको नेतृत्वमा एनएनसीसीआईको स्थापना गरिएको हो । चेम्बरको स्थापनाले नेपाल र जापानकाबीच व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने र अन्य आर्थिक क्षेत्रहरूमा आपसी सहयोग र समृद्धि बढाउने अपेक्षा गरिएको […]

सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न ङादी ग्रुपलाई  बोर्डको अनुमति

काठमाडौं । ङादी ग्रुप पावरले सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज मंसिर ९ गते १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको १ […]

म्याग्दीमा करिब ३ हजार उद्योग

म्याग्दी । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आइतबार पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीन सय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौ सय १९ वटा सञ्चालनमा रहेका जानकारी गराए । “पछिल्लो […]

शेयर बजारका सबै सूचक घटे, नेप्से २६६७ मा खुम्चियो

काठमाडौं । साताको पहिलो दिन कारोबार रकम सहित शेयर बजारको अधिकांश सूचकहरु घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.७६ अंकले घटेर ४७१.२० विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२२ वटा कम्पनीको १ करोड ५२ लाख […]

नेपालले ‘बीबी माइनस’ पाउँदा कुन-कुन मुलुकले पाए सर्वोत्कृष्टको ट्याग ‘एएए’ ?

काठमाडौं ।  सरकारले करमा लिएको नीतिका कारण नेपाली अर्थतन्त्र सुधारउन्मुख भएको बताइएको छ । पछिल्लो वर्षहरुमा संघीय सरकारले घरेलु राजस्व परिचालन रणनीति लिए सँगै अर्थतन्त्र सुधारउन्मुख भएको नेपालको कन्ट्री रेटिङ गर्न आएको फिच रेटिङ एजेन्सीले बताएको हो । फिचका अनुसार अर्थतन्त्र सुधारका प्रयासमा राजस्व न्यूनस्तरबाट बढाउदै लैजाने क्रममा सन् २०२४ मा राजस्वको योगदान कुल गार्हस्थ […]

धितोपत्र बोर्ड अध्यक्ष: कृष्णबहादुर कार्की र नवराज अधिकारीको अन्तर्वार्ता सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका दुई जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न भएको छ । आज तीन जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति लिन कार्यक्रम भए पनि दुई जना मात्र उपस्थित भएका थिए । अर्थमन्त्रालयका अनुसार नेप्सेका सीईओ कृष्णबहादुर कार्की र नेपाल धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीको अन्तर्वाता र कार्ययोजना प्रस्तुति […]

तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । काठमाडौँ । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शीर्ष गीत ‘एचएमएम मिडिया’(H.M.M MEDIA)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिछोड र बियोगलाई देखाइएको छ । चलचित्रको कथामा आधारित शीर्ष गीतमा उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामाको उत्कृष्ट अभिनय देखन सकिन्छ । […]

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन् । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने योजना बनाएको […]

काठमाडौंमा घर जित्ने भाग्यशाली विजेता मङ्सिर १२ गते घोषणा हुने

काठमाडौं ।  “मेरो डिजिटल देश” अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युब मा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ। ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ […]