महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ताको सुरु

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । “Buy What You Love, Pay How You Like” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको […]

लक्ष्मी सनराइज बैंक नेपालपे कार्डमा आवद्ध

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा […]

सुरेश शिवाकोटीको मार्मिक गीत ‘के लाई हतार’ सार्वजनिक

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ। निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको […]

नेतृत्व परिवर्तनले होइन, मौसमले विद्युत अवरोध: कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारे । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको […]

एमजी विन्डसर ईभी बजेटपछि मात्र नेपाली बजारमा सार्वजनिक हुने, प्रो भेरियन्ट तत्काल नआउने

काठमाडौं । चर्चित ब्रिटिस अटो ब्रान्ड एमजीले उत्पादन गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा आउने भएको छ । भारतमा सन् २०२४ को सेप्टेम्बरमा लन्च भएको यो गाडी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटपछि नेपालमा सार्वजनिक गरिने तयारी गरिएको छ। एमजी विन्डसर नेपाली बजारमा ल्याउने तयारी भइरहेको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीले जानकारी दिए । ‘बजेट […]

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पुरा

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख […]

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको घोषणा गरेको छ। यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्दछ। यस सफलताको अवसरमा आज सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरिएको थियो। कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, […]

सङ्घीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक संसदीयको राज्य व्यवस्था तथा सुशासन समितिसमितिबाट पारित भएको छ ।अघिल्लो संसदमा पेश भएर पारित हुन नसकेको यो विधेयक  । यो संसदमा निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।  शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल पश्चात  सर्वसम्मतरूपमा यो विधयेक […]

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम […]

तीन हजारले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन प्रति तोला तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रति तोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको […]